३० आश्विन २०८३, शुक्रबार

पेरिसमा फेरि अन्धाधुन्ध गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Peris-attack

काठमाडौं, २ मंसिर । गत शुक्रबार आत्मघाती बम हमलापछि प्रहरी सर्च अपरेसन जारी रहेको उत्तरी पेरिसको सन्त डेनिसमा बुधबार फेरि अन्धाधुन्ध गोली चलेको छ ।

सर्च अपरेशनकै क्रममा सात वटा बम विस्फोट भएको छ । अन्धाधुन्ध गोली चल्दा एक प्रहरी अधिकारी मारिएका छन् । दोहोरो भीडन्तमा दुई आतंकवादी लडाकू पनि मारिएका छन् । सन्त डेनिसमा अहिले सबै स्कूल बन्द गरिएको फ्रेन्च टीभी बीएफएमटीभीलले जनाएको छ ।

दोस्रो आक्रमणपछि प्रहरीले सर्च अभियानलाई तिव्र बनाएको छ । शुक्रबार पेरिसको मुख्य सहरमा भएको आक्रमणमा १३२ जनाको मृत्यु भएको थियो । जसको जिम्मा आंतकवादी संगठन इश्लामिक स्टेट आइएसले लिएको थियो ।