काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी ओलीले बुधबार हुने मधेसी मोर्चासँगको वार्तामा आफू लचिलो भएर प्रस्तुत हुने बताएका छन् ।
‘नेपाली दाजुभाइ दिदीबहिनीहरुले दुःख पाइरहनुभएको छ, यो पाखुरा सुर्कने बेला होइन, अरुसँगको कुरा होइन, आफ्नाभित्रको कुरा हो,’ कमलपोखरीमा मंगलबार साँझ छठपूजापछि प्रधानमन्त्रीले भने, ‘म साथीहरुलाई अहंकार र जिद्धि नराखिकन आत्मिय ढंगले वार्तामा बस्न आग्रह गर्दछु, म पनि कुनै जिद्धि राख्दिन ।’ कान्तिपुर दैनिकले छापेको छ ।
प्रधानमन्त्रीले बुधबार हुने वार्तालाई निष्कर्षमा पुर्याउन आफूले सकारात्मक भूमिका खेल्ने पनि जानकारी दिए । ‘मेरा लागि भोलि पनि ढिला भइरहेको छु’, उनले भने, ‘छिट्टै मुलुकलाई निकास दिनुपर्छ ।’















प्रतिक्रिया