१ कार्तिक २०८३, शनिबार

मधेस आन्दोलनको प्रतिकारमा उत्रिए पर्साका विद्यार्थी, विद्यालय नखुलाए आन्दोलन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha (3)

वीरगञ्ज, १ मंसिर । मधेस आन्दोलन र सरकारविरुद्ध पर्साका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

आन्दोलन गरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै मंगलबार पर्साका विद्यार्थीहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् ।वीरगञ्जका क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले दवाबमुलक कार्यक्रम अन्तर्गत विरोध प्रदर्शन गर्दै विद्यार्थीको भविष्यको विषयमा जिम्मेवार बन्न सरकार र आन्दोलनरत मधेसवादी दलहरुलाई आग्रह गरेका छन् ।

स्वतन्त्र विद्यार्थी समूहका अध्यक्ष लोकेश कर्णको नेतृत्वमा विद्यार्थीहरुले प्रदर्शन गर्दै विद्यार्थीको अधिकार नखोस्न दुबै पक्षलाई चेतावनी दिए । समुहका अध्यक्ष कर्णले मधेस आन्दोलन हल गरेर आफूहरुको पढ्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरे । उनले अब पनि सरकारले विद्यालय नखुलाए कडा प्रदर्शन गर्ने चेतावनी दिए ।

उनले तीन महिनादेखि बन्द रहेको शिक्षणसंस्थाहरुप्रति संवेदनशील बन्न अन्दोलनरत पक्ष र सरकारलाई आग्रह गरे । २०७२ सालमा एक महिना पनि राम्रोसँग पढाई नभएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष कर्णले आन्दोलन जारी नै राखे पनि शैक्षिक संस्था सञ्चालनमा ल्याउन आन्दोलनरत दलका नेताहरुलाई आग्रह गरे ।