काठमाडौं, १ मंसिर । महिना दिनदेखि नाकाबन्दी लगाइरहेको भारतको एकै जिल्लाका २० हजार नागरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ ।
भारतीय पत्रिका नवभारत टाइम्सले मंगलबार प्रकाशित गरेको समाचारमा भारतसँगको सीमावर्ती जिल्लाहरुका २० हजार मानिसले दोहोरो नागरिकता लिएको तथ्य सार्वजनिक गरिएको छ । ‘महाराजगंज जिल्लाको ८० किलोमिटर लोमो सीमा नेपालसँग जोडिएको छ, जहाँ ४० गाउँका लगभग २० हजार नागरिकसँग दोहोरो नागरिकता छ’ समाचारमा भनिएको छ ।
भारतको उत्तरप्रदेश राज्यको महाराजगञ्ज जिल्लामा मात्रै लगभग २० हजार मानिसले दोहोरो नागरिकता लिएको र उनीहरुसँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको भारतीय पक्षले नै दाबी गरेको छ ।
सीमावर्ती क्षेत्रको एउटा भारतीय जिल्लामा मात्रै २० हजारभन्दा बढीसँग नेपालको नागरिकता भएपछि पूर्व मेचीदेखि महाकालीसम्मका सीमावर्ती भारतीय जिल्लाहरुमा नेपाली नागरिकताधारीको संख्या लाखौं पुग्ने अनुमान गरिएको छ ।
अबको केही महिनामै त्यहाँ हुन लागेको विधानसभाको चुनावलाई मध्यनजर गर्दै पत्रिकाले २० हजार भारतीय नेपाली नागरिकताधारी भएको र उनीहरुलाई चुनावमा भोट हाल्न दिन नहुने आफ्नो समाचारमा उल्लेख गरेको हो ।
यस्तो छ भारतीय पत्रिकाले छापेको समाचारः
















प्रतिक्रिया