६ कार्तिक २०८३, शुक्रबार

माग बढेपछि यी पाँच स्थानबाट दाउरा बिक्री सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

daura-Dipo-2काठमाडौं, १ मंसिर । दाउराको माग अत्यधिक बढेपछि सरकारले राजधानीका विभिन्न पाँच स्थानबाट दाउरा बिक्री गर्ने भएको छ ।

टिम्बर कर्पोरेसनले सीतापाइला, महाराजगन्ज, बालाजु, भक्तपुर र ललितपुरमा नयाँ डिपो स्थापना गरी बुधबारदेखि दाउरा बिक्री गर्ने जनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

वन तथा भूसंरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसनमार्फत आइतबारदेखि बालकुमारी र गौशाला डिपोबाट मात्रै दाउरा बिक्री गर्दै आएको थियो ।

दुई स्थानबाट मात्रै दाउरा बिक्री गर्दा विभेद र अपुग भएको भन्दै उपत्यकावासीले गुनासो गरेपछि वन तथा भूसंरक्षण मन्त्रालयले टिम्बरको डिपो बढाउने तयारी गरेको हो ।

सोमबार वन तथा भूसंरक्षण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले राजधानीका पाँच स्थानमा डिपो राख्न मन्त्रालयका अधिकारी र सरोकारवाला निकायसँग छलफल गरेका थिए ।

सोही छलफलले टिम्बरको डिपो बढाउने निष्कर्ष निकालेको हो ।

सचिव रेग्मीले सर्वसाधारण जनताको मागअनुसार नाफा–नोक्सान नहेरी अधिकतम रूपमा दाउरा बिक्री गर्न टिम्बरका अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।