३० आश्विन २०८३, शुक्रबार

रसियाली राष्ट्रपति पुटिनलाई चीनले राख्यो यस्तो प्रस्ताव, अर्काे जि-२० सम्मेलन चीनमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TURKEY-CHINA-XI JINPING-RUSSIA-PUTIN-MEETING

अन्तालिया, ३० कात्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच टर्कीमा भेटवार्ता भएको छ ।

जि २० को सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच सो भेटवार्ता भएको समाचारमा जनाइएको छ ।

उक्त भेटका क्रममा उहाँहरुबीच यसअघि दुवै राष्ट्रबीच के कसरी एक भएर अघि बढ्ने भनी व्यक्त भएका प्रतिबद्धताहरुलाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले सो अवसरमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग चीनले जि२० देशहरुसँग समावेशी तथा अन्तरसम्बन्धित अथवा समन्वयात्मक अर्थतन्त्रको विकास गर्न चाहेको विषयमा पनि कुराकानी गर्नुभएको थियो ।

चीनले आगामी वर्षदिनका लागि जि२० को अध्यक्षताको पालो पाएको छ । त्यसैले सो समयसम्मका लागि चीनलाई रसियाको सहयोग पनि माग्नुभएको बताइएको छ । दक्षिणपश्चिमी टर्कीको सहर अन्तालियामा जारी रहेको जि२० को सम्मेलनका क्रममा उहाँहरुबीच सो भेटवार्ता भएको थियो ।

TURKEY-CHINA-PRESIDENTS-MEETINGत्यस क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले आयोजना गर्ने यस जि२० सम्मेलनका लागि चीनले रसियासँग समन्वय र सञ्चारसम्बन्ध कायम गर्न चाहेको जानकारी दिनुभएको थियो ।

उहाँको प्रस्तावलाई रसियाली राष्ट्रपति पुटिनले समर्थन गर्नुभएको थियो । त्यसैगरी यी दुई नेताबीचमा ब्रिक्स राष्ट्रका बीचमा आर्थिकलगायतका क्षेत्रमा गरिने विकास र विस्तारका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

टर्कीमा जारी सो सम्मेलनमा विश्वका प्रमुख २० आर्थिक सम्पन्न राष्ट्रका नेताहरु सहभागी भइरहेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि सो सम्मेलनका लागि सो सम्मेलनमा सहभागिताका लागि आइतबारै टर्की पुग्नुभएको छ । रासस/सिन्ह्वा