३० आश्विन २०८३, शुक्रबार

नेपालद्धारा पपुवा न्युगिनीसामू २३३ रनको लक्ष्य प्रस्तुत, शरदको विस्फोटक व्याटिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-teamकाठमाडौँ ३० कात्तिक । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले पपुवा न्युगिनीसामू २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को शेख जाहेद रङ्गशालामा टस जितेर पहिला व्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको हो ।

आजको खेलमा क्रिजमा टिकेर नेपालका लागि अन्तिमसम्म खेलेका शरद भेषवाकरले सर्वाधिक ७८ रन बनाएका छन् । ८२ बल खेलेका उनले ५ चौका प्रहार गरे । ओपनर सुवास खकुरेलले ६३ रन बनाए । १०४ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए ।

यसअघि पहिलो बलमै ओपनर अनिल मण्डल आउट भएपछि दबाबमा परेको नेपालले दोस्रो विकेटको रुपमा सागर पुनलाई गुमायो । सागर १० रन बनाएर आउट भए । त्यस्तै तेस्रो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २३ रनमा गुमाएको छ । टिमको स्कोर ८६ हुँदा नेपालले चौथो विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाउन पुगेको छ । उनले मात्र ६ रन वनाए ।

पाँचौं विकेटका रुपमा ६३ रन बनाउँदै सुवास खकुरेल आउट भएका थिए । सोमपाल कामीले मात्रै ८ रन जोडे । मेहबुब आलम ३ रनमा आउट भए ।