अन्टाल्या (टर्की), ३० कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामा जि२० सम्मेलनका लागि आइतबार टर्की पुग्नु भएको छ ।
फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको भीषण आतङ्ककारी हमलापछि कडा सुरक्षाकोबीच उहाँ अत्टाल्या विमानस्थलमा अवतरण हुनु भएको छ ।
इस्लामिक अतिवादी समूह आईएसले आक्रमणको दावी गरेको यस आक्रमणमा कम्तीमा १२९ जनाको मृत्यु हुनुको साथै ३५२ जना घाइते भएका छन् ।
पेरिसमा भएको यस भीषण आक्रमणको विषयलाई लिएर राष्ट्रिय सुरक्षा परिषदमा छलफल भएको एक दिनपछाडि ओबामा टर्की पुग्नु भएको हो ।
जि२० को सम्मेलन अगाडि नै टर्कीका राष्ट्रपति रेसेप तयिप इर्डोगानसँग ओबामाले भेटवार्ता गर्नु हुने जनाइएको छ ।
यस सम्मेलन विश्वका प्रमुख २० राष्ट्रको राष्ट्रप्रमुखको सहभागीता रहने जनाइएको छ ।
ती मध्ये चिनियाँ र रसियाली राष्ट्रपति जिनपिङ्ग राष्ट्रपति र भ्लादिमरि पुटिन पनि रहनु भएको छ । रासस/एएफपी















प्रतिक्रिया