बेजिङ्ग, २९ कात्तिक । चीनको जेजिआङ्ग प्रान्तमा भारी बर्षापछि आएको बाढीको कारण गएको पहिरोमा परी कम्ती १६ जनाको मृत्यु भएको समाचार छ ।
सो पहिरोमा परी जेजिआङ्ग प्रान्तको २७ वटा घरहरु पुरिएपछि अझै पनि २१ व्यक्ति वेपत्ता रहेका छन् । उक्त पहिरोको कारण ३ सय भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
त्यसैबीच चीनका मध्य प्रान्त हुनानमा भीषण बाढीले सताएको समाचार छ । यो ५० बर्षयताको भीषण बाढीको रुपमा रहेको जनाइएको छ । यस बाढीको कारण ८ हजार २ सय व्यक्ति विस्थापित भएका छन ।
बाढीबाट ८७ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका बताइएको छ । रासस/सिन्ह्वा

















प्रतिक्रिया