महोत्तरी, २९ कात्तिक । खोपी गाविस–३ वैरियामा घरमा राखिएको पेट्रोलमा आज बिहान आगो सल्किँदा ८० वर्षीय रामदेव चौधरी गम्भीर घाइते भएका छन् ।
आज बिहान अँध्यारोमा लाइटर बाल्दा नजिकै रहेको ग्यालिनमा राखिएको पेट्रोलबाट आगो सल्की उनको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनको हरिशचन्द्र मेमोरियल क्लिनिक गौशालामा उपचार भइरहेको छ । रासस















प्रतिक्रिया