काठमाडौं, २९ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलाका आक्रमणकारीमध्ये एकको पहिचान भएको छ ।
घटनाका अनुसन्धानकर्ताहरुले सात आत्मघाती आक्रमणकारी मध्ये घटनास्थलमा भेटिएको एक औलाबाट २९ वर्षीय फ्रान्सेली नागरिक उमर इसमाइल मुस्तर्फइको पहिचान गरेका हुन् । अधिकारीका अनुसार उनी आक्रमणमा संलग्न रहेको पुष्टि भएको छ ।
शुक्रबार राति पेरिसमा भएको आतंकवादी आक्रमणमा १२९ जनाको मृत्यु भएको थियो भने ३ सय भन्दा बढी घाइते छन् ।
घटनाको जिम्मेवारी आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस)ले लिएको थियो ।















प्रतिक्रिया