१२ कार्तिक २०८३, बिहिबार

सिरक डसना उद्योगमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी (रुपन्देही), २९ कात्तिक । बुटवलमा रहेको लुम्बिनी सिरक डसना उद्योगमा आगलागी भएको छ । बुटवल– ८ श्रवणपथस्थित उद्योगमा विद्युत् प्रवाह भई शनिवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार उद्योगमा विद्युत् प्रवाह भई लागेको आगो राति १० बजेतिरमात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट उद्योग सञ्चालनमा रहेको टिनले छाएको घर तथा तयारी अवस्थामा रहेका सिरक डसना जलेर नष्ट भएको उद्योगका सञ्चालक विष्णुप्रसाद पोखरेलले बताउनुभयो । आगलागीबाट रु १५ लाखको क्षति भएको उहाँले जानकारी दिनुभयो । साथै उद्योगसँगै रहेको चर्चमा पनि सामान्य क्षति पुगेको छ ।

बुटवल र भैरहवाका दमकलसहित नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको थियो । रासस