१२ कार्तिक २०८३, बिहिबार

फ्रान्स घटनाको कांग्रेसद्वारा भत्र्सना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-Congres-Nepaकाठमाडौँ, २९ कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएको आतङ्कवादी हमलाको भत्र्सना गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री कोइरालाले फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डलाई आज शोक सन्देश पठाई शोकको यस घडीमा गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

आतङ्कवाद शान्ति, विधिको शासन र विकासका निम्ति चुनौती भएको उल्लेख गर्दै सभापति कोइरालाले नेपाली कांग्रेस कुनै पनि खालका आतङ्ककारी क्रियाकलापहरुको घोर भत्र्सना गर्दछ भन्नुभएको छ ।

यसैबीच नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पनि गएराति फ्रान्समा भएको आतङ्कवादी हमलाको भत्र्सना गर्नुभएको छ ।

नेपाली काँग्रेसको विदेश विभाग प्रमुखसमेत रहनुभएकी कोइरालाले शुक्रबार मध्यरातमा फ्रान्सको राजधानी पेरिसमा भएको घटनाको आज विज्ञप्ति जारी गरी निन्दा गर्नुभएको हो ।

उहाँले शुक्रबार राति दर्जनौँ विस्फोट भएको घटनाबारे दुःख व्यक्त गर्नुभएको हो । जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेको राष्ट्रिय रङ्गशाला बाहिर सबैभन्दा ठूलो विस्फोट हुनु दुःखद् खबर हो भन्नुहुँदै यस्ता आतङ्कवादी गतिविधि विश्वकै लागि चुनौतीपूर्ण रहको उल्लेख गर्नुभयो । रासस