६ कार्तिक २०८३, शुक्रबार

‘जनतालाई दुःख दिने मधेसी मोर्चाको कहिल्यै भलो हुँदैन, भारत नाकाबन्दी खोलीदेउ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur-Deuba-Congressकाठमाडौं, २९ कात्तिक । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरी मधेसमा भएको आन्दोलनले कसैको भलो नगर्ने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशभरका आमनागरिकलाई दुःख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको पनि जित नहुने बताएको कान्तिपुर दैनिकले छापेको छ ।

देउवाले चित्त नबुझेका कुरामा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निकास खोज्न मधेसवादी दललाई आग्रह गरे ।

भारतले गरेको नाकाबन्दी कुनै हालतमा जायज नभएको बताउँदै उनले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह समेत गरे ।