काठमाडौं, २९ कात्तिक । मधेसी मोर्चासँग शनिबार भएको वार्तामा कांग्रेसले संविधान संशोधन गरेर समस्या समाधान गर्न आग्रह गरेको छ ।
तर, मोर्चाका नेताहरूले तराई मधेसमा दुई प्रदेश बनाउने कुरा आफूहरूको बटमलाइन भएको दोहोर्याएका छन् ।
कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले मोर्चासागको बैठकमा जातीय राज्य माग्नु गलत भएको र यस्तो मागमा अडानमा नबस्न आग्रह गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
तर, मोर्चाका नेताहरूले पश्चिम नेपालको ६ नम्बर प्रदेशमा पहाडी जिल्ला मिलाउने र २ नम्बर प्रदेशलाई एउटा समुदायको मात्रै बनाउनुको नियत के हो भन्ने प्रश्न गर्दै सीमांकनसहित प्याकेजमा समाधान खोज्नुपर्ने बताए ।















प्रतिक्रिया