१२ कार्तिक २०८३, बिहिबार

लागू औषधसहित एक पक्राउ, दुई मोटरसाईकल नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drugsलहान, २८ कात्तिक । प्रहरीको गस्ती टोलीले आज बिहान सिरहाको ईनर्वा गाविस ८ स्थित ठाडी बसपार्कबाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी ठाडीबाट खटिएको गस्ती टोलीले चेक जाँचका क्रममा बिहान ६ बजेतिर लागुऔषध ट्याब्लेट नाईट्रोभेटसहित उदयपुरको त्रियुगा नगरपालिका ७ निवासी १६ वर्षिय अपु कुमार साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेको साहको साथबाट १० थान नाईट्रोभेट ट्याब्लेट र सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका साहलाई अनुसन्धानका लागि प्रहरी चौकी ठाडीमा राखिएको छ ।

यसैगरी प्रहरीले सिरहाको लहानबाट अवैध सुर्तीसहित दुई वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । भारतवाट भन्सार छलेर ल्याएको चार बोरा सुर्तीसहित बीआर ३२ डी ७१४५ र र बीआर ३२ सी २२०५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । तस्करहरुले प्रहरीलाई देख्नासाथ उक्त सुर्ती छाडी फरार भएका प्रहरीको भनाई छ । रासस