१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा पेरिस आतङ्कवादी हमलाको भत्र्सना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari-sital-Nibasकाठमाडौँ, २८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले गए राति फ्रान्समा भएको आतङ्कवादी हमलाको भत्र्सना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले उहाँका समकक्षी फ्रान्सिस होल्यान्डलाई सन्देश पठाई शोकको यस घडीमा नेपाल सरकार र नेपाली जनता फ्रान्स सरकार र फ्रान्सेली जनताको साथमा रहेको बताउनुभएको छ ।

फ्रान्सको राजधानी पेरिसका विभिन्न स्थानमा शुक्रबार राति दर्जनौँ विस्फोट भएको थियो । जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेको राष्ट्रिय रङ्गशाला बाहिर सबैभन्दा ठूलो विस्फोट राति ९ बजे भएको थियो । सो आक्रमणमा परी हालसम्म १२० जनाको निधन भएको छ । रासस