३० आश्विन २०८३, शुक्रबार

जापानमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-earthquake-swarm-dec-7-2012काठमाडौं, २८ कात्तिक । जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ ।

दक्षिण पश्चिम जापानको क्यूशू तटलाई केन्द्रविन्दु बनाएर ७.० रेक्टर स्केलको भूकम्प गएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पपछि कोगोशिमा प्रान्तको दक्षिणी भुभागमा सुनामीको सानो छाल आएको छ ।

जापानी मौसम विज्ञान विभाग (जेएमए)का अनुसार कोगोशिमाको माकुराजाकीमा स्थानीय समयानुसार विहान ५ बजेर ५१ मिनेटमा ७ रेक्टर स्केलको धक्का महसु्स गरिएको हो । यसको केन्द्र १० किलोमिटर गहिराईमा रहेको थियो ।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन् ।