१२ कार्तिक २०८३, बिहिबार

सूर्योदयमा देवकोटाको जयन्ती यसरी मनाइयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_9815काठमाडौं, २८ कात्तिक । सूर्योदय आवासीय माध्यमिक विद्यालय डिल्लीबजारले नेपाली साहित्यका शिखरपुरुष लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।

कार्यक्रममा विशिष्ट साहित्यकार एवम् कविहरूबाट कवितावाचन, नेपाली परम्परा उजागर गर्ने देउसी भैलो कार्यक्रम पनि गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार जीवनाथ धमला, डा. कृष्णप्रसाद भट्टराईलगायतले कवितावाचन सूर्योदयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली साहित्यको श्रीबृद्धिम महाकवि देवकोटाले पुराउनुभएको योगदानको कदरस्वरुप आयोजित कार्यक्रममा देवकोटाको कृतित्व, व्यक्तित्व एवम् साहत्यिक योगदानबारे साहित्यकार जीवनाथ धमलाले उल्लेख गर्नुभयो ।

डिल्लीबजार रोट्रयाक्ट क्लवबाट प्रस्तुत गरिएको देउसी भैलो कर्याक्रममले नेपाली संसकृतिको सजीव रुप प्रस्तुत गरेको थियो ।

झलमल बत्ती र फूलहरूको पर्व तिहारलाई विद्यार्थीहरूले आफ्नो नृत्यमा उतारेका थिए ।

प्रमुख अतिथि प्रतिष्ठानका कुलपति उप्रेतीले देवकोटा नेपाली शिक्षा र साहित्यका जग हुने बताउनुभयो ।

यसैगरी विद्यालयका प्रिन्सिपल एवम् प्याव्सनका अध्यक्ष लक्ष्यबहादुर के.सी.ले साहत्यिक सर्जक एवम् स्रष्टाप्रतिको सम्मान, परम्परा, संस्कारको विकास र श्रीवृद्धि नै यस कार्यक्रमको मूल अभिष्ट भएको बताउनुभयो ।


IMG_9723
IMG_9877 IMG_9919