काठमाडौं, २७ कात्तिक । आज भाइटीका अर्थात तिहार पर्व । हिन्दूहरूले विशेष हर्सोल्लासका साथ मनाउने यो पर्व कार्तिक शुक्ल द्वितीया तिथिमा मनाउने गरिन्छ ।
नेपालका साथै अन्य विदेशमा बसोबास गर्दै आएका नेपाली र हिन्दूहरूले पनि आज (शुक्रबार) भाइटीका मनाएका छन् ।
कार्तिक शुक्ल द्वितीया तिथिमा यमराज पृथ्वीमा आउने गरेको मान्यता छ । यसलाई भाइटीका अर्थात यमद्वितीया र भाइदूज पनि भन्ने गरिन्छ ।
आजका दिन यमराजले आफ्नी बहिनीको घरमा आएर टीका लगाउँछन् भन्ने मान्यता रही आएको छ । दिनभरि बहिनीको घरमा बसेर मिठा खानेकुरा खाइ साँझ मात्रै घर फर्कन्छन् भन्ने धार्मिक मान्यता छ ।
यमराजले बहिनी यमुनालाई वरदान दिएका थिए । जो व्यक्ति यमद्वितीयाको दिन यमुनाको जलमा स्नान गर्छ वा आफ्ना दिदीबहिनीको घरमा गएर उनीहरूको हातबाट बनेका भोजन खान्छन् ती दाजुभाइको आयु बढ्ने विश्वास गरिन्छ । भाइटीकाको दिन यमराजले कसैको ज्यान लिँदैनन् भन्ने किम्वदन्ती छ ।















प्रतिक्रिया