१२ कार्तिक २०८३, बिहिबार

‘भारतीय सञ्चार माध्यमले नकारात्मक प्रचार गर्दा नाकाबन्दी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan Mahatचितवन, २६ कात्तिक । पूर्व अर्थमन्त्री रामशरण महतले नेपालमा जारी भएको संविधानको विषयमा भारतीय सञ्चार माध्यमले नकारात्मक प्रचार गरेका कारण त्यहाँको सरकारले नाकाबन्दी गरेको बताउनुभएको छ ।

प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहॉले नेपालको संविधान समावेशी नभएको भन्दै भारत र अन्तर्राष्ट्रिय जगतमा गलत प्रचार गरिएको उल्लेख गर्नु भयो ।

नाकाबन्दीका कारण अर्थतन्त्रमा डरलाग्दो प्रभाव देखिएको बताउँदै उहाँले भन्सार नाका ठप्प हुँदा वैदेशिक व्यापार १०/१५ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेता महतले भूकम्पले नौ हजारको ज्यान लिएको र ठूलो आर्थिक क्षति बेहोरेको नेपालका लागि पुनःनिमार्णका काम गर्ने बेला नाकाबन्दीले झन् मानवीय सङ्कट सिर्जना गरेको धारणा राख्नु भयो ।

दुई देश र अन्तर्राष्ट्रिय कानुनअनुसार व्यापार चल्नुपर्ने भन्दै उहाँले नेपाल भारतबीचको व्यापार वाणिज्य र पारवहान सन्धिअनुरुप चल्नुपर्ने बताउँदै भन्नुभयो, ‘आन्तरिक राजनीतिक कारण देखाएर रोक्न कसैले पाउँदैन ।’ रासस