१२ कार्तिक २०८३, बिहिबार

रिसोर्टमा प्रचण्डले पत्नी सीतालाई के के खुवाए ? (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahal 1काठमाडौं, २६ कात्तिक । भारतले मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गरेर नाकाबन्दी लगाइ जनजीवन प्रभावित बनाइ रहेका बेला दोस्रो ठूलो सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सपरिवार रिसोर्टको बसाइका लागि सिन्धुपाल्चोक हान्निनु भएको छ ।

पत्नी सीता दाहाल, नातिनतिनासहित सीमित आफन्त र सुरक्षाकर्मीका साथ सिकुटेस्थित रिसोर्ट पुग्नुभएका दाहालले आफन्तसँग खुब मज्जा लिनुभएको स्रोतले जनाएको छ । तस्बिरमा ट्याक शूटमा देखिनुभएका दाहालले आफन्तसँग रमाइलो गर्नुभएको थियो ।

भरखरै वनमन्त्री बन्नुभएका अग्नि सापकोटाको पाहुना बन्न दाहाल सपरिवार रिसोर्ट पुग्नुभएको हो । उहाँको रिसोर्ट बसाइका विषयमा सिन्धुपाल्चोकका स्थानीय एमाओवादी नेताहरूलाई पहिला जानकारी दिइएको थिएन ।

विरोध हुने डरले पछि एमाओवादी अध्यक्ष दाहाल रिसोर्टमा आएको जानकारी गराइएको स्रोतको भनाइ छ । दाहाल रिसोर्टमा आएको थाहा पाएपछि स्थानीय नेता तथा कार्यकर्ताहरू रिसोर्टमा पुगेका थिए ।

रिसोर्ट बसाइका क्रममा दाहालले परिवारसँग लोकल कुखुराको मासु र भारत तथा अन्य विभिन्न परिकारहरू खाएको रिसोर्टका एक कर्मचारीले टेलिफोनमा जानकारी दिए । दाहालको स्वागतमा वन मन्त्री सापकोटाले कालिजको मासुको पनि व्यवस्था गरिदिनुभएको थियो ।

‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ज्यूको परिवार आउने हामीलाई पहिला नै थाहा थियो’, ती कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सबै तयारी गर्न भनिएको थियो । हामीले पनि सबै तयारी गरेका छौँ ।’

काठमाडौंबाट करिव ६० किलोमिटर उत्तरपूर्वी क्षेत्रमा पर्ने सो रिसोर्ट सुनकोसी नदीको किनारमा पर्छ । सुनकोसी नदीको किनारमा पुगेका दाहालले आफ्नो गोजीमा हातहालेर प्रकृतिको दृश्यावलोकन गर्नुभएको तस्बिरमा देखिएको छ ।

यसअघि एमाओवादी अध्यक्ष दाहालले २०७० कात्तिक ४ गते यो रिसोर्टमा रात काट्नु भएको थियो ।

भारतको नाकाबन्दीले जनताको दैनिकी अस्तव्यस्त बनेको छ । इन्धन, औषधिलगायतको चरम अभाव हुँदै आएको छ ।

अभावमा जनताले दसैँ र तिहार मनाइरहेका छन् । तर एमाओवादीका अध्यक्ष दाहाल भने सपरिवार रिसोर्टमा पुगेर लोकल कुखुरा र कालिजको मासु खाएको आरोप स्थानीय एमाओवादीका कार्यकर्ताले लगाएका छन् ।

Puspakamal Dahal 2 Puspakamal Dahal

(तस्बिर सौजन्य एभरेष्ट दैनिक डटकम)