सप्तरी, २६ कात्तिक । छिमेकी राष्ट्र भारतको बजारबाट अवैधरुपमा नेपाली बजार राजविराजतर्फ ल्याउँदै गरेको बिष्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको आज प्रहरीले जनाएको छ ।
भारतीय बजार कुनौलिबाट दुई बोरा पटाका लिएर सप्तरीको बोदेवसाइनतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा सो पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको पटाकालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको बताइएको छ । रासस















प्रतिक्रिया