१२ कार्तिक २०८३, बिहिबार

लक्ष्मी पूजाकै दिन महिला र पुरुषको क्लबमा ‘हत्या’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatya
फाइल फोटो

गौशाला, २६ कात्तिक । महोत्तरी जिल्लाको मेघनाथ गोरहन्ना गाविसमा आज बिहान शंकास्पद रुपमा मृत्यु भएको अवस्थामा एकजोडी महिला र पुरुषको शव फेला परेको छ ।

मेघनाथ गोरहन्ना गाविस–७ बस्ने ४२ वर्षीय विद्या पासवान र हतिसर्वा गाविस–६ बस्ने एक ३५ वर्षीया महिलाको शंकास्पद मृत्युभएको अवस्थामा हतिसर्वा–७ मा अवस्थित दलित उत्थान संस्थान (क्लब)को घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाँटी र हातखुट्टामा डोरीले बाँधिएको तथा शरीरभरी निलडाम भएको अवस्थामा दुबै महिला र पुरुषको शव सो क्लवमा फेला परेको प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।

ती दुबै महिला पुरुषको शवको प्रकृति हेर्दा उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ भने घटनाबारे विशेष जानकारीका लागि दुबै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस