१ कार्तिक २०८३, शनिबार

कांग्रेस, एमाओवादी, राप्रपा र नेमकिपाका अध्यक्षहरूद्वारा पार्टी छाडेर एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KATHMANDU, Oct. 10, 2015 (Xinhua) -- File photo taken on Sept. 21, 2015 shows the Communist Party of Nepal (Unified Marxist-Leninist) (CPN-UML) chairman KP Sharma Oli address a special function organized a day after the promulgation of Nepal's constitution. CPN-UML chairman KP Sharma Oli filed his nomination for the election of prime minister at Parliament in Kathmandu on Oct. 10, 2015. In the nomination, the United Communist Party of Nepal (Maoist) Chairman Pushpa Kamal Dahal "Prachanda" has proposed Oli as a prime ministerial candidate while Kamal Thapa, chairman of Rastriya Prajatantra Party-Nepal, seconded the proposal. Nepal will elect a new prime minister through a parliamentary vote on Sunday, officials said on Friday. (Xinhua/Sunil Sharma/IANS)भक्तपुर, २६ कात्तिक । नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोखरेलले आन्दोलनरत मधेसकेन्द्रित दलको जायज माग पूरा गर्न सकिने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिका–३ थापा गाउँमा एमाले चाँगुनगर कमिटीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान एवम् पार्टी प्रवेश कार्यक्रममा उहाँले जायज माग लिएर वार्तामा बस्न मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले नेता महेश बस्नेतले नाकाबन्दीले भारत विश्वमाझ उदाङ्गिएको बताउँदै भारतबाट इन्धन आपूर्तिको विकल्प सरकारले खोज्ने तर ऊसँग नझुक्ने दृढता व्यक्त गर्नुभयो ।

सो अवसरमा एकीकृत नेकपा (माओवादी) छालिङ कमिटीका अध्यक्ष सुशील थापाको नेतृत्वमा ४० जना सङ्गठित सदस्य, राप्रपाका जिल्ला नेता देवेन्द्रजङ्ग थापाको नेतृत्वमा २०, नेपाली कांग्रेस छालिङ महिला सङ्गठनका अध्यक्ष अप्सरा कार्कीको नेतृत्वमा २३ र नेमकिपालगायत अन्य दलबाट १२५ गरी २०८ जना एमाले पार्टी प्रवेश गरेको एमाले चाँगुनगर कमिटीका संयोजक रमेश बुढाथोकीले बताउनुभयो ।

त्यसैगरी चाँगुनगरपालिका वडा नं ७ मा झौखेलमा एमाले ७ देखि १७ नं वडा कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रममा पनि नेपाल मजदुर किसान पार्टीका झौखेल गाउँ कमिटी उपाध्यक्ष गणेशमान सुलुको नेतृत्व र एमाओवादी जिल्ला नेता गणेशमान थुया, सुशीला मल्ल, भरत मल्ललगायतको नेतृत्वमा ११० जना एमाले पार्टी प्रवेश गरेका छन् ।

अरु दल छाडेर एमाले प्रवेश गर्नेलाई एमाले सचिव गोकर्ण विष्टले टीका र माला लगाइदिएर पार्टी प्रवेश गराउनुभएको थियो ।

सो अवसरमा सांसद विष्टले नेपालीले भारतले गरेको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको बताउँदै नेपाली जनताले भारतसमक्ष कुनै हालतमा आत्मसमर्पण गर्दैनन् भन्नुभयो ।

उहाँले राष्ट्रिय उत्पादन बढाएर आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै नाकाबन्दीले नेपालीलाई एकतामा बाँधेको बताउनुभयोे । रासस