काठमाडौँ, २६ कात्तिक । नेकपा (एमाले) ले नेपाल संवत् ११३६ को नया“ वर्ष शुभारम्भका अवसरमा नेपाली जनताले हाल भोगिरहेको इन्धन समस्या लगायतको कठिनाइ सामना गर्न सकून् भन्ने कामना व्यक्त गरेको छ ।
नयाँ वर्षका अवसरमा एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले व्यक्तिको नभई समग्र देशकै नाममा नेपाल संवत् राखिएकामा शङ्खधर साख्वाःको सम्मान गर्दै एक साधारण नेपाली जनताले आफ्नो नाममा नभई देशकै नाममा राखेको मौलिक संवत् भएकाले यसको सांस्कृतिक महत्व भएको उल्लेख गर्नुभयो ।
नेपाल संवत्को महत्वलाई ध्यानमा राखी एमाले यसको संरक्षणमा दृढताका साथ लाग्ने पनि एमाले केन्द्रीय सदस्य श्रेष्ठले बताउनुभयो । रासस















प्रतिक्रिया