१२ कार्तिक २०८३, बिहिबार

नेपाल संवतले सहिष्णुता, सामाजिक एकता र सद्भाव वृद्धि गरोस्ः राष्ट्रपति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari-sital-Nibasकाठमाडौँ, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३६ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालीको आफ्नै मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै सबै नेपालीमा भाइचाराको भावनासमेत सुदृढ गर्न योगदान दिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । रासस