१ कार्तिक २०८३, शनिबार

नेपालको पक्षमा यसरी बोल्यो राष्ट्रसंघ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

united-nations-feature-890x395_cकाठमाडौँ, २५ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव वान की मुनले भूपरिष्वेष्टित मुुलुकका हैसियतले मात्र नभै मानवीय कारणले पनि नेपालले निर्वाध पारवहन सुविधा पाउनुपर्ने बताउनुभएको छ ।

बुधवार नेपालको अवस्थाको बारेमा सोधिएको प्रश्नमा महासचिव वानले नेपाल–भारत सिमानामा अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज अवस्थाप्रति चासो व्यक्त गर्दै ढिलो नगरी अवरोध हटाउन सबै पक्षलाई आग्रह गर्नुभएको उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रवक्ता स्टेफेन डिजोरिले इन्धन आपूर्तिमा देखिएको कमीले नेपालका भूकम्प प्रभावित गाउँमा आवश्यक सामग्रीको आपूर्तिमा अवरोध पुगेको जनाउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

मानवीय सहायता संस्थालाई उच्च पहाडी क्षेत्रमा जाडो मौसममा भूकम्प प्रभावित जनतासामु छिटो भन्दा छिटो खाद्यान्न, न्यानो कपडा र राहत सामग्री पु¥याउन इन्धनको आवश्यकता पर्ने बताइएको छ । रासस