३० आश्विन २०८३, शुक्रबार

म्यानमारमा सुकीको दललाई अत्यधिक बहुमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Myanmar's National League for Democracy Party leader Aung San Suu Kyi speaks to media about upcoming general elections in Yangonयाङ्गोन, २५ कात्तिक । म्यानमारमा प्रमुख विपक्षी दलकी नेत्री आङ सान सुकीको दललाई अत्यधिक बहुमत प्राप्त भएको समाचार छ ।

गएको आइतबार म्यानमारमा सम्पन्न भएको आम निर्वाचनमा म्यानमारको प्रमुख विपक्षी दल नेशनल लिग फर डेमोक्रेसीलाई अत्यधिक बहुमत प्राप्त भएको बताइएको छ ।

उहाँको दलले राजनीतिक दलहरुलाई प्रतिश्पर्धाका लागि छुट्याइएको संसद सिटमा कम्तीमा पनि ९० प्रतिशत स्थान हासिल गरेको म्यानमारबाट प्राप्त समाचारमा जनाइएको छ ।

म्यानमारको संसदका माथिल्लो र तल्लो सदनका लागि भएका ती निर्वाचनका सम्पूर्ण मतगणनाको पूर्ण विवरण त सार्वजनिक भइसकेको छैन तर पनि आवश्यक मतभन्दा बढी नै उहाँको दलले हात पारेको बताइएको छ ।

तर पनि म्यानमारको आमनिर्वाचनमा करिब एक चौथाई जति स्थान त्यहाँको सैनिकसम्बद्ध दललाई छुट्याइएको हुन्छ ।
साथै उहाँ आफूपनि विजयी हुनुभएको छ । देशको कवामु क्षेत्रबाट उहाँ निर्वाचन उठ्नुभएको थियो । सो निर्वाचन क्षेत्रबाट उहाँले ५४ हजार ६७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । सो स्थान म्यानमारको ग्रामीण क्षेत्रमा पर्दछ ।

निर्वाचनका परिणामहरु सार्वजनिक भइरहेका छन् । तर पनि अब धेरै मत गणना गर्न बाँकी नरहेका बताइएको छ । थोरै मतमात्र गणना गर्न बाँकी रहदासम्म उहाँको दलले स्पष्ट बहुमत हासिल गर्ने स्पष्ट देखिएको छ ।

सुकी सैनिक शासनको नजरबन्दमा १५ वर्ष बिताएकी छिन् । उनी गएको सन् २०१२ पछि स्वतन्त्र भई निर्वाचनमा सहभागी भएकि थिइन् ।
यस पटकको निर्वाचनमा उनको दल स्पष्ट रुपमा बिजयी हुने संकेत यसअघि नै मिलेको थियो । रासस/एएफपी