काठमाडौ, २५ कात्तिक । संयुक्त राष्ट्रसंघले नेपालमाथि नाकाबन्दी गरिरहेको भारतलाई तत्काल नाकाबन्दी हटाउन आग्रह गरेको छ ।
राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथिको नाकाबन्दी तत्काल हटाउन भारतलाई आग्रह गर्नुभएको हो । उहाँले नेपालको भूपरिबेष्ठित मुलुकले स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने पारवहन अधिकार हनन भएको भन्दै तत्काल नाकाबन्दी अन्त्य गरेर सहज परिस्थिती निर्माण गर्न भारतलाई भन्नुभएको छ ।
अमेरिकाको न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा वानका प्रवक्ता स्टेफेन डिजोरिकले नेपालले भूपरिबेष्ठित मुलुकका रुपमा स्वतन्त्र रुपमा उपभोग गर्न पाउने अधिकारमा महासचिव वानले जोड दिएका बताउनुभयो । उहाँले भन्नुभयो- नेपाललाई मानवीय कारणले पनि असहज अवस्था छ । सबै पक्षलाई सीमामा जारी अवरोध हटाउन उहाँको आग्रह छ ।’
राष्ट्रसंघीय महासचिव वानले नाकाबन्दीका कारण चरम इन्धन संकट हुंदा योजनामुताविक नेपालका भूकम्प प्रभावित गाउंहरुमा आवश्यक सहयोगहरु पु¥याउन कठिन भइरहेकोमा चिन्ता जनाउनुभयो ।
यस्तो छ राष्ट्रका महासचिवको प्रतिक्रिया:
















प्रतिक्रिया