३० आश्विन २०८३, शुक्रबार

लन्डनको बेरिलबोन क्रिकेट क्लब नेपाल आउँदै, नेपाली टोलीसँग ६ खेल खेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MCCकाठमाडौँ, २४ कात्तिक । लण्डनको बेरिलबोन क्रिकेट क्लब (एमसिसी) यही कात्तिक २७ गते शुक्रबार नेपाल आउने भएको छ ।

उक्त एमसिसीको टोलीले काठमाडौँ तथा पोखरामा गरी विभिन्न ६ खेल खेल्ने तय भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यबाहक महासचिव उत्तम कर्मचार्यले जानकारी दिनुभयो ।

क्यानका अनुसार एमएमसीको २८ गते शनिबार काठमाडौँमा नेपाल ११ र १९ वर्षमुनि (यू–१९)उमेर समूहका खेलाडीसँग ट्वान्टी ट्वेन्टी खेल खेल्नेछ ।

त्यसैगरी ३० गते सोमबार पोखरामा ११ टोलीसँग खेल्नेछ । मङ्सिर २ गते नेपाल ११ र यू–१९ का खेलाडीको टोलीसँग एक दिवसीय क्रिकेट खेल्नेछ । मङ्सिर ४ गते नेपाल बी टोलीसँग अर्को एक दिवसीय खेल हुनेछ ।

त्यस्तै विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलेर फर्किएपछि एमएमसी र नेपालको सिनियर टोलीसँग मङ्सिर ५ र ६ गते दुई दिवसीय खेल खेल्नेछ भने मङ्सिर ७ गते सिनियर टोलीसँग ट्वेन्टीट्वेन्टी क्रिकेट खेल्नेछ । रासस