१ कार्तिक २०८३, शनिबार

दार्चुलामा जीप महाकाली नदीमा खस्यो, दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahakali-riverभीमदत्तनगर, २४ कात्तिक । दार्चुला जिल्लाको धापबाट यात्रु बोकेर सदरमुकाम खलङ्गा आउँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

धापबाट सदरमुकाम आउँदै गरेको म १ ज १४० नम्बरको जीप महाकाली नदीमा खसेर दुर्घटना भएको र दुई यात्रु मृत अवस्थामा महाकाली नदीमा तैरिएको फेला परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जीप महाकालीमा डुबेर देखिएको छैन । घटनाको विस्तृत विवरण आउन सकेको छैन । दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख सुशील सिंह राठौरको टोली गइसकेको बताइएको छ । रासस