काठमाडौं, २४ कात्तिक । अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका नेपाली खेलाडीलाई काठमाडौं विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
म्याच फिक्सिङ गरेर देश बेइज्जत गरेको आरोप लागेका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा र प्रशिक्षक अञ्जन केसीसहित पाँच खेलाडी अब धरौटीमा छुट्ने भएका हुन् ।
नेपालको कानुन अनुसार देशको बेइज्जत गर्नु भनेको ‘राजद्रोह’ अर्थात ‘देशद्रोही’ हो । त्यसैअनुसार प्रहरीले पाँच खेलाडीलाई पक्राउ गरी उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा जन्मकैदको माग गर्दै मुद्धा दायर गरेको थियो । तर, पनि अदालतले धरौटीमा छाड्ने आदेश दियो ।
पाँच खेलाडीलाई अदालतले तोकेको धरौटी यसप्रकार छः
प्रशिक्षक अन्जन केसी– ५ लाख
गोलकिपर रितेश थापा– ५ लाख
निलम्बित कप्तान सागर थापा– डेढ लाख
सन्दिप राई– ५० हजार
विकास सिंह क्षेत्री– ५० हजार
















प्रतिक्रिया