३० आश्विन २०८३, शुक्रबार

नेपालको प्रदर्शनबाट पाकिस्तानी क्रिकेटर चकित, नेपाली खेलाडीको प्रशंसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-flagकाठमाडौं  २४ कात्तिक । पाकिस्तानी क्रिकेटरले नेपाली सिनियर टोलीको प्रशंसा गरेका छन् । आइतबार पाकिस्तानसँग मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा १२१ रनले पराजित भए पनि नेपाली क्रिकेटरले मन जितेका थिए । नेपालले पहिलो पटक टेस्ट मान्यता तथा पूर्वविश्व च्याम्पियन पाकिस्तानविरुद्ध ब्याटिङ र बलिङमा स्तरीय प्रदर्शन गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जुराएको मैत्रीपूर्ण खेलमा पाकिस्तानले नेपालविरुद्ध सिनियर खेलाडीलाई उतारेको थियो । अबुधावी मैदानमा पाकिस्तालने इंग्ल्याण्डविरुको अन्तिम टेस्टमा उतारको खेलाडीलाई प्रतिस्पर्धामा समावेश गराएको थियो । विश्व क्रिकेटकै चर्चित हस्ती युनिस खान, सोयब मलिक, सफरा अहमद, मोहमद हफिज, अजहर अलि, बाहब रिजा र यासिर खानले नेपालविरुद्ध प्रतिस्पर्धा गरेका थिए । पाकिस्तानी टोलीका पूर्वकप्तान रमिज रजाले दुवै पक्षका समर्थकले खेलालाई हार र जितका रुपमा नलिएको बताएका छन् ।

‘नेपाल र पाकिस्तानका समर्थकले खेललाई उत्साहको रुपमा लिएका थिए । उनीहरुले एक आपसमा खुसी मनाइरहेका थिए । रमिजले भने दुवै टोलीलाई बधाई छ । रजाले २० करोड पाकिस्तानीको मन नेपाली खेलाडीले जितेको बताएका छन् । नेपाली खेलाडीको बहादुर प्रदर्शनको लागि म सलाम गर्दछु –उनले भने ।

सोयव अख्तरले ट्विटरमा लेखे- मैले नेपाली क्रिकेटरबाट पनि यस्तो प्रदर्शन हुन्छ भन्ने विश्वास गरेको थिइनँ । अख्तिरले भने , ‘मलाई आशा छ नेपाली खेलाडीले यो भन्दा राम्रो गर्न सक्छन् ।’ नयाँ पत्रिकामा समाचार छ