१ कार्तिक २०८३, शनिबार

सुनचांदी व्यवसायीको पीडा कसले सुन्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold-businessman

– नरेश केसी
भैरहवा, कार्तिक २३ । सबैभन्दा महंगो धातु सुनचादी व्यवसायीहरु अहिले मारमा परेको व्यवसायीहरुले जनाएका छन् । उनीहरुले भनेका छन् अत्याधिक रिक्स मोलेर सन्चालन गरिएको सुनचांदी व्यवसायीको सुरक्षा पनि भरपर्दो नहुनु र सत्य तथ्य पीडा सुनाउदा पनि राज्य तथा निकायले गम्भिरतापुर्वक नलिदां आफुहरु चिन्तीत भएको समेत बताए ।

नेपाल सुनचांदी ब्यावसायी संघ रुपन्देहीले शुभदिपावली छठ लगायतका पर्बहरुको अवसरमा भैरहवामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ब्यावसायीहरुले सो कुरा बताएका हुन् ।

सो अवसरमा बोल्दै नेपाल सुनचादी व्यवसायी महासंघका उपाध्यक्ष प्रेमकुमार सेन्चुरीले भने “हामीहरुले सदियौंदेखी यस्तो जोखीमको पेसा अंगाल्दै आएका छौं । यसलाई संरक्षण र सम्बद्र्धन गर्नु राज्यको दायित्व हो तर राज्यका निकायले हाम्रो पीडालाई खासै सुनुवाई गरिरहेका छैनन् ।”

व्यवसायीका नेता सेन्चुरीले अगाडी थप्दै भने “देशकालको परिस्थतीले हाम्रो व्यवसायमा ठूलो धक्का लागेको छ । राज्यले सबसीटि दिनु जरुरी छ ।”सोही कार्यक्रममा बोल्दै महासंका केन्द्रीय सदस्य जोगलाल बिश्वकर्माले भने “राज्यले व्यसायीहरुले पेश गरेका मागलाई अक्षरशः पालना गर्नुपर्दछ । स्थानिय निकायले शान्ति सुरक्षाको भरपर्दौ व्यवस्था पनि गर्नुपर्दछ ।”

व्यवसायीहरुले चांडबांडको बेला चोरी डांकाको डर अत्याधीक हुनेहुदां विशेष सुरक्षा योजना बनाएर मंहंगो धातु सुनचादीको व्यवसायीक प्रतिष्ठानमा सुरक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथी भएर आएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले व्यवसायीको सुरक्षामा विशेष योजनाको साथ लाग्ने जनाएका थिए । सो अवसरमा रुपन्देही प्रहरी प्रमुख बुद्धीराज गुरुंगले व्यवसायीले चोरी तस्करीको धातु किन्न नहुनेमा जोड दिएका थिए भने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष खिम बहादुर खत्रीले व्यवसायीको हकहितकोलागी स्थानिय प्रशासनले चुस्ततापूर्वक सकारात्मक सोंचका साथ सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

संघका सल्लाहकार डम्बर लाल बिश्वकर्मा, र जिल्ला अध्यक्ष बिक्रम सुनार लगायतले ब्यावसायीहरुले भोग्नु परेका समस्याहरुका बारेमा आ आप्नौ भनाई राखेका थिए ।

कार्यक्रम सुनचांदी ब्यावसायी संघ सिदार्थनगरका अध्यक्ष राम किशन बिश्वकर्माको अध्यक्षता, उपाध्यक्ष गोपाल रामदामको स्वागत तथा नगर सचिव प्रकाश मणी रामदामको संञ्चालनमा संम्पन्न भएको थियो । कार्यक्रममा भैरहवा बुटवल लगायत बिभिन्न क्षेत्रका सुचांदी ब्यावसायीहरुको सहभागीता रहेको थियो ।