३० आश्विन २०८३, शुक्रबार

मोदी हार्दा कांग्रेसलाई पनि फाइदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-amit-shahपटना (भारत), २३ कात्तिक । भारतको विहार राज्यमा सम्पन्न विधानसभाको मत परिणामले भारतीय प्रधानमन्त्री नेतृत्वको जनता पार्टी (भाजपा)लाई लज्जास्पद हार दिलाएको छ ।

नरेन्द्र मोदीको प्रतिष्ठालाई जोडेर हेरिँदै आएको निर्वाचन परिणामले उहाँका पूर्वसहकर्मी नीतिशकुमार तेस्रो कालकालका लागि मुख्यमन्त्री बनाउने पक्कापक्की भएको छ ।

दुई सय त्रिचालिस सिट भएको विधानसभामा नीतिशकुमार र लालु यादवको गठबन्धनले बहुमत ल्याएको छ ।

बहुमतका लागि १२२ सिट यथेष्ट भए पनि नीतिशकुमार र लालु यादवको गठबन्धनले १७२ सिटमा हात पारेको छ ।

त्यस्तै भाजपाले मात्र ५१ सिट जित्न सफल भएको छ । काँग्रेस आईले पनि पहिले पाएको चार सिटबाट बढाई २५ सिट पु¥याएको छ । भाजपाविरद्धको महागठबन्धनअन्तर्गत लालु यादव नेतृत्वको आरजेडीले ७३ सिट, नीतिशकुमार नेतृत्वको जेडीयूले ६१ सिट ल्याएका छन् ।

यसअघि काँग्रेस आईको मात्रै चार सिट थियो भने भाजपाको बहमुत थियो ।

यसैबीच निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री मोदीले आफ्ना पूर्व सहकर्मी तथा विहारका मुख्यामन्त्री नीतिश कुमारलाई फोनगरी धन्यवाद ज्ञापन गरेको सञ्चार माध्यमहरूले जनाएका छन् । रासस/पीटीआई