३० आश्विन २०८३, शुक्रबार

फिल्म निर्देशक डिसी अमेरिकामा सडक दुर्घटनामा घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dinesh Dc's wifeकाठमाडौं । फिल्म निर्देशक दिनेश डिसी अमेरिकामा सडक दुर्घटना घाइते भएका छन् । दुर्घटनामा उनकी पत्नी रानू डिसी पनि गम्भीर घाइते भएकी छिन् ।

रानूको मुखमा गम्भीर चोट लागेको छ । उनको देब्रे हातको औँला पनि भाँच्चिएको जनाइएको छ ।

डिसी दम्पत्ति सवार कारलाई विपरित दिशाबाट आइरहेको गाडीले ठक्कर दिँदा दुघृटना भएको आफन्तले जनाएका छन् । दुर्घटनाका क्रममा डिसी दम्पत्ति सवार कार बिजुलीको खम्बामा ठोक्किएको थियो ।

ब्राकेनरिज अस्पतालमा सात घन्टा लामो उपचारपछि दुवैको डिस्चार्ज भएको निर्देशक डिसीले बताए । दुर्घटनामा डिसीको छातीमा चोट लागेको छ ।

दुबै जना खतरामुक्त रहेका छन् । डिसीलाई ठीक हुन पाँच दिन लाग्ने छ भने उनकी पत्नीलाई ठीक हुन् ६ हप्ता लाग्ने चिकित्सकले बताएको जानकारी डिसीले दिए ।

निर्देशक डिसी शनिबार बिहान एटलान्टा उड्न अस्टिन एयरपोर्ट जाने क्रममा दुर्घटनामा परेका हुन् ।Dinesh DC