३० आश्विन २०८३, शुक्रबार

बार्सिलोना शीर्ष स्थानमा, रियल मड्रिड पछि पर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neymrकाठमाडौं, २३ कात्तिक । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा दुई ठूला टिमबीच प्रतिस्पर्धा जारी नै छ ।

फुटबल स्टार लियोनल मेस्सीको बार्सिलोना र क्रिस्टियानो रोनाल्डोको रियल मड्रिडबीच शीर्ष स्थानमा उक्लने झर्ने क्रम जारी छ । यसैक्रममा मेस्सीको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । यो सिजनको ला लिगामा सुरु देखि नै शीर्ष स्थानमा रहँदै आएको रियल भने पछि परेको छ ।

हिजो राति भएको खेलमा भिल्लारियललाई ३-०पराजित गर्दै बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लियो । बार्सिलोनाका लागि स्ट्राइकर नेयमारको शानदार गोल गरे ।

नाउ क्याम्पमा भएको खेलमा भिल्लारियलले बार्सिलोनालाई पहिलो हाफ बराबरीमा रोकेको थियो । तर, ६० औं मिनेटमा नेयमारले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ७० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै लुइस स्वरेजले अग्रता दोब्बर पारे । ८५ औं मिनेटमा फेरि नेयमारले शानदार गोल गरे ।

नेयमारको यो गोलसागै बार्सिलोना ३-० ले विजयी भयो र लिगको शीर्ष स्थानमा उक्लियो । उसको ११ खेलबाट २७ अंक छ । दोस्रो स्थानमा झरेको रियल मड्रिडको २४ अंक छ । यसअघि रियल मड्रिड सेभिल्लासँग ३-२ सँग पराजित हुँदा शीर्ष स्थानमा तल झरेको हो ।