१ कार्तिक २०८३, शनिबार

काँकडभिट्टाबाट ३४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-tanker-Nepal-Indiaकाँकडभिट्टा (झापा), २२ कात्तिक । एक सातादेखि भारतीय नाका पानीट्याङ्कीमा रोकिएको ३४ ट्याङ्कर पेट्रोलियम पदार्थ आज साँझ पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिएको छ ।

काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आज साँझ ७ बजे २३ ट्याङ्कर डिजेल, आठ ट्याङ्कर पेट्रोल, दुई ट्याङ्कर मट्टितेल र एक बुलेट हवाई इन्धन नेपाल भित्रिएको हो ।

भारतीय नाकाबन्दीका कारण विगत एक सातादेखि काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिन सकेको थिएन । रासस