३० आश्विन २०८३, शुक्रबार

मोदीकै अगाडि नेपालीहरुले यसरी लगाए मुर्दावादको नारा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manoj-Gajurel-America (1)
– विकासराज न्यौपाने
अमेरिका । एक वर्ष अघि काठमाडौको वानेश्वरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोटरवाट निस्केर नेपालीसंग हात मिालउन जांदा जयजयकारको नारा लगाईएको थियो । तर, त्यस विपरित मोदी दुरुस्त देखिने हाउभाउमा मञ्चमा चर्चित हास्य कलाकार मनोज गजुरेल जांदा समेत मुर्दावादको नारा लाग्यो ।
विभिन्न चर्चित व्यक्तिको हाउभाउलाई सर्लक्क टिपेर प्रस्तुती दिन खप्पिस मनोजले टेक्सासको ड्यालसमा झण्डै ४५ मिनेट मोदीलाई कटाक्ष गरेर व्यंग गर्दा दर्शकहरु तालि वजाई उत्साह थपिरहेका थिए । नयां संविधान आफ्नो अनुकुल नभएको भन्दै भारतले नेपाल माथि अघोषित नाकावन्दी लगाईरहेको छ । यो नाकावन्दीले काठमाडौ लगायत देशका विभिन्न सहरमा ग्यांस तेल औषधी लगायत अत्यावश्यक समाग्रीको अभाव छ ।
मोदी अवतारमा मञ्चमा आएका मनोजले मोदीकै शैलीमा केही समय प्रचवन दिएका थिए । उनको मोदी प्रहसनमा पत्रकारका रुपमा प्रश्न सोधी कालाकार शंकर वाग्लले साथ दिएका थिए । उनको पहिलो प्रश्न थियो, मोदीज्यु आप अमेरिकामा आएर एउटा कुरा गर्ते हे नेपालमा पुगेर दुसरा दोसरा कुरा दर्तेहे, इन्डियामा पुगेर  फाल्तु फाल्तु कुरा करते हे, आपका जिव्रो कति हे भन्ने प्रश्न  गरेका थिए ।  यो नाका वन्दी होइन चाकावन्दी हो भन्दै यहीवाट मनोजले मोदी माथि व्यंग शुरु गरेका थिए । यसले सहभागी दर्शकलाई निकै हसाएको थियो ।
कार्यक्रमका विच विचमा लोक गायक भिम थापा लगाएत स्थानिय कालाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । दोस्रो भागमा मनोजले नेपाल र विश्वका चर्चित राजनीतिक नेताको हाउभाउमा व्यग्य प्रस्तुत गरेका थिए । यस क्रममा उनले नेपाली समुदायसंग जोडिएको केही समाजिक विषयमा समेत व्यंग्य गरेर दर्शकलाई हसाएका थिए ।
कार्यक्रमका लागि ठुलो संख्यामा दर्शक आएका थिए । भिड वढेकाले आयोजकले हाउस फुलको सुचना समेत टांस्नु परेको थियो । “एउटा नेपाली भए कवि वन्छ, दुई नेपाली भेट भए अनलाइन चलाउंछ, तिन नेपाली भेट भए संस्था खोल्छन्, चार जना भए त्यो संस्था फुटाएर दुईटा वनाउंछन् !’ यसो भन्दै मनोजले समुदायलाई फुटेर होइन जुटेर अघि वढ्न अनुरोध समेत गरेका थिए ।”
Manoj-Gajurel-America (2)शुक्रबार साँझ इर्विंगको रमाइलो रेण्टुरेण्ड गरेको उक्त कार्यक्रम  टेक्सास नेपाल परोपकारी  समिति ड्यालसले आयोजना तथा नेपाली समाजको सहयोगमा कार्यक्रमको संचालन समाजसेबी कृष्ण लामिछानेले गरेका थिए । समितिका  संयोजक माला  महतले सवै सहभागीलाई धन्यवाद दिएकी थिइन् ।
नियमति रुपमा सानो वचत गरी नेपालमा आवश्यक पर्ने समुहलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको टेक्सास नेपाल परोपकार समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।’