३० आश्विन २०८३, शुक्रबार

पाकिस्तानद्धारा नेपालसामू ३२७ रनको चुनौति पेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-Khakdaकाठमाडौं, २२ कात्तिक । टेष्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानले नेपालसामू ३२७ रनको चुनौति पेस गरेको छ ।

आइतबार युएईको शेख जायद स्टेडियममा भइरहेको अभ्यास खेलमा टस हारेर व्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको छ ।

पाकिस्तानका लागि कप्तान अजहर अलीले सर्वाधिक ७३ रन बनाए । सोएब मल्लिकले ६३ रन जोडे । यस्तै मोहम्मद हफिजले ४९ रन, युनिस खानले ३८ रन, अहमद शेजादले ३५ रन, बाबर अजामले अविजित रहँदै ४३ रन जोडे ।

नेपालका लागि बसन्त रेग्मीले २ तथा सागर पुन र कप्तान पारस खड्काले १-१ विकेट लिए । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ ।