३० आश्विन २०८३, शुक्रबार

भारतीय हस्तक्षेपविरुद्ध लड्ने विप्लब माओवादीको घोषणा, नाकामा एक लाख युवा परिचालन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoकाठमाडौ, २२ भदौ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको युवा भातृ संगठन राष्ट्रिय युवा जनस्वयम् सेवकले नाकाबन्दीमार्फत भारतले नेपाली राजनीतिमा गर्न खोजिरहेको हस्तक्षेपको विरुद्धमा देशब्यापी रुपमा भण्डाफोर अभियानको घोषणा गरेको छ ।

संगठनले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म दुई महिना पूर्व मेचीदेखि पश्चिम महाकालीका तराईका जिल्ला र प्रमुख शहरहरुमा यो अभियान सञ्चालन हुने जानकारी दिएको हो ।

सो संगठनले नेपाल भारत सीमा क्षेत्रमा सीमा सुरक्षा बल गठन गरेर परिचालन गर्दै त्यसको लागि सरकारले आवश्यक ठाने ६ महिनासम्मको लागि एक लाख युवा परिचालन गर्न समेत आफू तयार रहेको स्पष्ट पारेको छ ।

त्यसैगरी औषधी र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारसँग माग गर्दै कालाबजारी, माफियातन्त्र, दलालीकरण र भ्रष्टाचार विरुद्ध कडा कार्यक्रम गर्ने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष झकबहादुर मल्लले भारतीय विस्तारबादको कारण मुलुक संकटमा परेको भन्दै यस्तो बेलामा त्यसका विरुद्ध लड्न आफूहरु तयार भएको बताए ।