काठमाडौं, २१ कात्तिक । उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको भाषणले भारतमा खैलाबैला मच्चिएको छ ।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा केसीले आफ्नो तिखो वाण सिधै प्रहार गरेपछि भारतले आपत्ति जनाउँदै शनिबार विज्ञप्ति समेत निकालेको छ । उसले नेपालका उपप्रधानमन्त्री केसीले नेपाल र भारतको सम्वन्ध विगार्न खोजेको आरोप समेत लगाएको छ ।
काठमाडौंस्थित भारतीय दूताबासबाट राजदूत रञ्जीत रेले निकालेको विज्ञप्तिमा केसीको पछिल्लो अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाइएको छ । शुक्रबार हिमालयन टेलिभिजनसँगको अन्तरवार्तामा उपप्रधानमन्त्री केसीले नेपालको समथर भूगागलाई आफ्नो देशमा मिलाउने रणनीति अनुसार भारतले हस्तक्षेप बढाएको कडा प्रतिक्रिया दिएका थिए ।
भारतले नेपालमा संविधान घोषणादेखि प्रधानमन्त्री बन्न नदिन प्रयास गरेको उनले बताएका थिए । भारतले नाकाबन्दी गरेर कुहेका आलु पठाउने, विषादी हालेको फलफूल पठाउने तर, इन्धन नपठाउने गरेको भन्दै उपप्रधानमन्त्री केसीले कटाक्ष गरेका थिए । तर, भारतीय दूताबासले भने उपप्रधानमन्त्री केसीको आरोप आधारहीन र उत्तेजक भएको बताएको छ ।
हेर्नुस् भारतमाथि उपप्रम चित्रबहादुर केसीले गरेको प्रहारः















प्रतिक्रिया