झापा, २१ कात्तिक । अघोषित नाकाबन्दी बेहोरिरहेको नेपालले पूर्वी नाकामा भने कालाबजारीको माध्यमबाट खुलेआम रुपमा तेल पाइरहेको छ ।
भारतीय मोटरसाइकल तथा सवारी साधानले चोरीबाटो हुँदै पूर्वी नाकामा पेट्रोल तथा डिजेल खुलेआम रुपमा विक्री गरेसगँै पूर्वमा तेलको हाहाकारमा कमी आएको छ ।
यतिखेर काकरभिट्टा नाकामा नेपाली सवारी साधनभन्दा भारतीय सवारीको बाक्लो घुँइचो देख्न थालिएको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डीएसपी श्यामकृष्ण अधिकारीले कालाबजारी हुन नदिन सबै प्रयासहरु जारी राखिएको जानकारी दिँदै स्थानीय व्यावसायीहरुको संयोजनमा मेचीनगरको बसपार्क एरियामा एक स्थानमा माात्रै यस्तो किसिमको तेल विक्रीस्थल तोकी तेलको कारोवार भइरहेको बताउनु भएको छ ।
एक हप्ताबाट तेल आयात नभएपछि बाध्य भएर भारतीय बाइक धनीलाइ नियम सगत तरिकाले तेल विक्री गर्न दिइरहेको र यो तेल काठमाडौ पोखरासम्म गइ रहेको साथै मिसाबट मा निकै कडाइ गरिएको अधिकारीले बताउनुभयो ।
उता अघोषित नाकाबन्दीको मारमा नेपाल निकै नराम्रो गरि भाँसिएको जानकारी दिँदै नेपाल उद्योग बाणिज्य महासघका केन्द्रिय सदस्य केशव पाण्डेले भारतीय महाबाणिज्यदूत मार्फत भारतमा निकै लविङ गरिरहेको तर भारतीय पक्षबाट सुनुवाइ नभएको बताउनुभयो ।
मेची भन्सार कार्यालय मेचीका सूचना अधिकारी निर्माण अधिकारीले भने १२ गते बाटनै पेट्रोलियम पदार्यमा आइओसीले निकै कडाई गरिरहेको र भारत पानीट्याकीमा समेत ३५ भन्दाबढी ट्याक्कर रोकिराखिएको बताउनुभयो ।
नेपालबाट तेल भर्न मोटरसाइकलमा पानीट्यांकी गएको नेपाली प्लेट नम्वरको सवारी साधन पनि भारतीयले निकै दुख दिने गरेको उनीहरुले बताएका छन । बाटामा देवी काली तिहारको नाममा भारु ५ सय सम्म चन्दा माग्ने गरेको, भारतीय प्रहरीले समेत तेल मोटरसाइकलको ट्यांकीमा फलामले हिर्काउँदै कुच्याउने गरेको नेपालीहरुले बताएका छन् ।
यो कालाबजारीको अन्त्य गर्नुपर्ने र नेपालमा भारतीय मोटरसाइकलमा ल्याएको तेलमा मिसावटमा कडाई तथा मूल्यमा समेत सन्तुलन गर्न प्रशासनले कडाई गर्नुपर्ने देखिएको छ ।
















प्रतिक्रिया