क्यानडा, २१ कात्तिक । क्यानडाको आमनिर्वाचनमा विजयी हासिल गरेका भारतीय मुलका नागरिकले त्याहाँको नयाँ सरकारको रक्षा मन्त्री नियुक्त हुने पक्का भएको छ ।
भारतीय नागरिक हरजीत सज्जनलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रड्यले नियुक्त गर्न लागेका हुन् । हरजीत सञ्जनलाई रक्षा मन्त्रीमा नियुक्त नगरिए पनि शपथ खुवाइ सकिएको छ । शपथ क्यानडाको ओटावमा सम्पन्न भएको थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिनले आफ्नो ३० सदस्यीय मन्त्रिमण्डललाई शपथ खुवाई सकेका छन् । शपथ लिनेमा हरजीत सज्जन पनि छन् । शपथ लिएका कसैलाई पनि अझै मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
भारतीय नागरिक हरजीत सज्जन राजनीतिमा आउनुभन्दा पहिला क्यानडाको आर्मीमा भर्ती भएका थिए ।
हरजीतको जन्म भारतमा भएको हो । हरजीत पाँच वर्षको हुँदा उनको परिवार क्यानडा गएको थियो । – एजेन्सी















प्रतिक्रिया