काठमाडौं, २१ कात्तिक । भारतले लगाएको नाकाबन्दीका कारण नेपाली जनताले दुःख पाइरहेको हप्तौ दिन भइसक्दा पनि कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नाकाबन्दी शब्द भन्न अस्वीकार गर्नुभएको छ ।
पत्रकार ऋषि धमलासँग नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान कुरा गर्दै भारतले नेपालमा नाकाबन्दी नलगाएको दाबी गर्नुभयो । उहाँले नेपाल र भारतबीचमा देखिएको केही असमझदारीका कराण आपूर्ति व्यवस्था असहज भएको बताउनुभयो ।
‘उहाँहरूले नाकाबन्दी भन्नुभएको छैन’, कांग्रेस नेता श्रेष्ठले भन्नुभयो, ‘हामीले कसरी नाकाबन्दी भनेर भन्ने ?’ कांग्रेसले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको भन्दै नेता श्रेष्ठले मुलुकमा सीमानाकामा देखिएको आपूर्ति व्यवस्थाको अवरोधलाई कुटनीतिक र राजनीतिक रुपमा समधान गर्नुपर्ने बताउनुभयो ।
नेता श्रेष्ठले मधेसी दलहरूले उठाएका जायज मागलाई संवैधानिक र राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।















प्रतिक्रिया