काठमाडौं । शोभित बस्नेत निर्देशित प्रतिक्षित चलचित्र ‘जाउँ हिड पोखरा’ को टाइटल गीत रिलिज गरिएको छ ।
‘जाउँ हिड पोखरा..’बोलको उक्त गीतमा रेखा थापा र जीवन लुइँटेलले कोरसको साथमा अभिनय गरेका छन् । गीतमा थुप्टेन भुटिया र कोमलराज भण्डारीको स्वर रहेको छ ।
संगीत अमित श्रेष्ठले दिएका छन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रचारलाई थप बल पुर्याउन टाइटल गीत सार्वजनिक गरिएको हो ।
थुप्रै व्यावसायिक चलचित्र दिएका शोभितको यो ‘जाउँ हिड पोखरा…’ आगामी मंसिर ११ गतेदेखि देशभर एकसाथ सार्वजनिक प्रदर्शनमा आउँदैछ । ‘जाउँ हिड पोखरा’ फर्मुला चलचित्र हो ।
धेरै पछि शोभितले दर्शकलाई यस्तो चलचित्र दिन लागेका हुन् । यस अगाडि उनले दिएका कयौँ हिट चलचित्र जस्तै यो पनि सशक्त रहेकोले यसबाट निकै आशा गरेको बताए ।
‘दर्शकको चाहनाअनुसारको चलचित्र बनाएकोले चल्छ भन्नेमा ढुक्क छु’, निर्देशक बस्नेतले भने, ‘यो चलचित्रमा स्टारको अभिनय रहेको छ ।’ चलचित्रमा जीवन र रेखाको कमेष्ट्री दर्शकका लागि नौलो स्वद हुने बस्नेतले दाबी गरे ।
सलोन फिल्मसको ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको चलचित्रका निर्माता राम गौतम हुन् । कार्यकारी निर्माता गणेश ढकाल रहेका छन् ।
चलचित्रमा जीवन लुइँटेल, रेखा थापा, सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्माका साथमा निर्देशक बस्नेतको समेत मुख्य भूमिकामा अभिनय रहेको छ ।
राजेन्द्र खड्गीको द्वन्द्व, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन समेटिएको चलचित्रमा संगीत अमित श्रेष्ठको रहेको छ ।
चलचित्रमा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्र देशभर ८० भन्दा बढी पर्दाबाट प्रदर्शनमा आउने निर्देशक बस्नेतले जानकारी दिए ।















प्रतिक्रिया