१ कार्तिक २०८३, शनिबार

नेपाल ल्याउने चिनियाँ सामान केरुङ आइपुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tato-pani-sadak

धुन्चे (रसुवा), २० कात्तिक । नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ ।

नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा बढीको तयारी पोसाक, लसुन, स्याउलगायत सामग्री नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएको छ ।

नेपालका लागि ल्हासाबाट चिनियाँ भू–भागको ढुवानी गर्ने जिम्मा लिएको सो ट्रान्सपोर्टका कम्पनीका प्रबन्धक स्याङ् सेपिङले ढुवानी कार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका कारण रसुवागढी नाकाबाट निर्बाधरुमपा समान आउने सचिव पौडेलले बताउनुभयो ।

यस्तै, चीनले अनुदानस्वरुप दिएको पेट्रोलियम पदार्थ लिन आज बिहान १८ वटा ट्याङ्कर केरुङतर्फ प्रस्थान गरेका छन् । गत १४ गतेदेखि यता ३७ वटा ट्याङ्करले ल्याएको पेट्रोल केन्द्रीय भण्डारणमा जम्मा भइसकेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल रसुवाले जनाएको छ । रासस