काठमाडौं, १९ कात्तिक । आन्दोलनमा मारिएका भारतीय नागरिकको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक नेता अनौठो खुलासा गरेका छन् ।
रफत सञ्चार क्लवले बिहिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मोर्चामा आवद्ध सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वीरगञ्जमा मारिएका भारतीय नागरिक आन्दोलनमा आबद्ध नभएको दाबी गरे ।
कर्णले मामाको घर पुगेर आन्दोलनको रमिता हेर्ने क्रममा उनको मृत्यु भएको दाबी गरे । मधेसको आन्दोलनलाई भारतीय सहयोगको बिल्ला भिराएर मधेसकै नेपालीको अपमान गर्ने काम सरकारले गरेको उनको आरोप छ । उनले भने– ‘मधेस आन्दोलनलाई बदनाम गर्न भारतीय नागरिकलाई ताकेर गोलि हानियो ।’
अर्काे प्रसंगमा उनले अब सरकासँग मधेसी मोर्चाले वार्ता नगर्ने बताए । ‘सरकारले एकातर्फ वार्ता गर्ने र अर्कोतर्फ आन्दोलनकारी मार्ने दोहोरो चरित्र देखाएको छ’ कर्ण भने- ‘यस्तो अवस्थामा हामीले कसरी वार्ता गर्ने ?’ मधेसको आन्दोलनका नाममा सरकारले बारम्बार नेपालीसँग झुट बोलेको उनको आरोप छ ।















प्रतिक्रिया