३० आश्विन २०८३, शुक्रबार

‘जाउँ हिड पोखरा’को ट्रेलर रिलीज (हेर्नुस् रोचक भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jau-hida-pokharaकाठमाडौ । थुप्रै ब्यवसाहिक चलचित्र निर्माण निर्देशन गरिसकेका शोभित बस्नेत निर्देशित प्रतिक्षीत चलचित्र ‘जाउँ हिड पोखरा’ को नया“ ट्रेलर रिलिज गरिएको छ ।

चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रचारलाई थप बल पुर्याउन नया“ ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री रेखा थापा र जीवन लुईटेलको एक्सन लगायतका दृश्य देखाइएको छ ।

चलचित्र मंसिर ११ गतेदेखी देशभर एकसाथ सार्वजनिक प्रर्दशनमा आउँदैछ । ‘जाउ“ हिड पोखरा’ फर्मुला चलचित्र हो । धेरैपछि शोभितले दर्शकलाई यस्तो चलचित्र दिन लागेका हुन् । यस अगाडि उनले दिएका कयौ हिट चलचित्र जस्तै यो पनि सशक्त रहेकोले यसबाट उनले निकै आस गरेका छन् ।

‘दर्शकको चाहना अनुसारको चलचित्र बनाएकोले चल्छ भन्नेमा ढुक्क छु’ निर्देशक बस्नेतले भने ‘यो चलचित्रमा स्टारको अभिनय रहेको छ ।’ चलचित्रमा जीवन र रेखाको कमेन्ट्र दर्शकका लागि निकै नौलो स्वाद हुने बस्नेतले दाबी गरे । सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको चलचित्रका निर्माता राम गौतम हुन् भने कार्यकारी निर्माता गणेश ढकाल रहेका छन् ।

चलचित्रमा जीवन लुइटेल, रेखा थापा, सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्माको साथमा निर्देशक बस्नेतको समेत मुख्य भुमिकामा अभिनय रहेको छ । चलचित्र देशभर ८० भन्दा बढी पर्दाबाट प्रदर्शनमा आउने निर्देशक शोभितले जानकारी दिए ।
हेर्नुस् ट्रेलर भिडियो: